चामलिङले फेरि सत्ताको सपना नदेख्दा हुन्छः एसकेएम

IMG-20230625-WA0305.jpg

गान्तोक: एसडीएफ पार्टीका अध्यक्ष एवं विधायक पवन चामलिङ राजनीतिक नशाले बहुलाएर हिजो-आज जथाभावी बोल्दै हिँड़िरहेको आरोप एसकेएम पार्टीको छ। एसकेएम पार्टीले आज एक प्रेस बयान जारी गर्दै चामलिङले सिक्किमको समग्र विकास र जनताको हितमा गरेका कामहरूलाई देख्न नसकेर जहिल्यै विरोध गरिरहेका आरोप लगाएको छ। यसमाथि सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले निन्दा गर्दै २५ वर्षे एसडीएफ सरकारले लथालिङ्ग पारेको र चामलिङले सिक्किमलाई आफ्नो बाबुको बीरता ठानेको सिक्किमका जनतालाई थाहा भएको उल्लेख गरेको छ। एउटा व्यक्तिले आफ्नो कुरा व्यक्त गर्न नसकी भित्र-भित्रै उकुस मुकुस हुनुपर्ने अवस्था चामलिङले सिर्जना गरेको उनलाई पनि थाहा छ भन्दै मान्छे मार्ने र गाड़ी जलाउने अनि सरकारको विरुद्धमा बोल्दा कीर्ते पर्चा छापेर नारीहरूको समेत इज्जतमाथि खेलवाड़ गर्ने चामलिङलाई आजको स्वतन्त्रता र सुधारात्मक परिवेश देखेर चित्त नबुझ्नु स्वाभाविक हो भनी जनाएको छ। २५ वर्षमा पवन चामलिङको सरकारले सिक्किमको शान्ति, सुरक्षा र एकतालाई भताभुङ्ग बनाएको थियो जसलाई सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकारले एकत्र, संगठित पार्न अनि शान्ति ल्याउन सफल बनेको छ भन्दै चामलिङको बयानले स्पष्ट गर्छ कि, वास्तवमा उनी शान्ति मनन पराउने नेता रहेको ठहर गरेको छ। सिक्किमे जनता एक भएको हेर्न उनले पटक्कै नसकेको उल्लेख छ। त्यसैले चामलिङले जात-जातमा सिक्किमका भाँड़ेको थियो भनी आरोप लगाउँदै एकार्कामा झगड़ा लगाउने र उक्साउने काम गरेर शान्ति बिथोलेको दाबी गरेको छ। कुनै समाचार पत्रले चामलिङको विरुद्धमा एक शब्द लेखिदिए त्यो समाचार पत्र बजारमा पुग्नै नदिने हैकमवादी शासन थियो भनी स्मरण गराउँदै त्यस्तो शासनलाई पन्छाएर आज कसैले चाहेको लेख्न, बोल्न र हिँड़ डुल गर्ने वातावरण सिर्जना एसकेएमले गरेको भन्ने चामलिङ स्वयंलाई पनि थाहा रहेको ठहर गरेको छ। तर उनी त्यही शान्ति, एकता र स्वतन्त्रताको विरोध गरेर जनतालाई भ्रमित पार्न ढँटुवा राजनीति गर्दैछन् भन्दै एसकेएम पार्टी तथा मुख्यमन्त्री पीएस गोलेको नेतृत्वमा रहेको सरकारले नजहितमा लागू गरिएका विभिन्न कार्यक्रम र योजनाहरू देखेर चामलिङलाई ईर्ष्या लागेको हो भनी थप बताएको छ। २५ वर्षसम्म जनतालाई फोस्रो आशा देखाएर राजनीति गर्ने चामलिङको वास्तविकता सिक्किमे जनतालाई छर्लङ्गै छ, फेरि पनि जनतालाई लोभ देखाउन ढाँटको राजनाति गरिरहेका छन्। चामलिङले राजनीतिबाट संन्यास लिने समयमा फेरि पनि सिक्किमलाई आफ्नो र आफ्नो परिवारको विरासत हो भन्ने सम्झेर जनतालाई भोट फकाउन लागिपरेको भनाइ एसकेएमको छ। तर जनताले उनलाई चिनिसकेको दाबी पार्टीको छ। एसकेएम सरकारले जनतालाई ढाँट्यो भन्ने चामलिङले २०१४ र २०१९ अघिको चुनाउ मुखमा आफूले जनतालाई घर बनाइदिने झूटो आदेश-पत्र बाँडेको सम्झिउन् अनि अहिले चुनाव नै नआइ ३०५० वटा घर त्यो पनि सामग्रीसहितको बनिसकेको छ त्यो हेर्ने सल्लाह दिएको छ। जनतालाई मूर्ख सम्झने पवन चामलिङको स्वभावले नै १९ मा मात खानुपरेको जनताले नै भन्दैछन्, फेरि पनि उनले एसकेएम सरकारले गरेको राम्रो कामको विरोध गरेर सत्तामा पुग्ने जागो सपना देखेका छन् तर त्यो उनको जीवनभर पूरा हुन जनताले दिनेछैन भन्ने एसकेएमको दाबी छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement