गान्तोक: एसकेएम पार्टी नारीशक्तिको एक समन्वय सभा आज राजधानीस्थित लाल बजारमा सम्पन्न भयो। नारीशक्तिकी अध्यक्ष कला राईको अध्यक्षतामा सम्पन्न भएको उक्त सभामा महासचिव पूजा शर्मा, सिक्किम खादी बोर्डकी अध्यक्ष छुङछुङ भोटिया लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। उक्त सभामा पार्टीको भावी कार्यक्रम साथै रणनीतिबारे छलफल गरिएको जानकारी गराइएको छ। आफ्नो सम्बोधनमा अध्यक्ष राईले महिलाहरुलाई विभिन्न नीति, योजना र संगठनात्मक व्यवहारका बारेमा निर्देशन दिइन्। सबै जिल्लाका महिलाहरूले विभिन्न प्रकारको समस्या,विचार र चुनौतीहरूको सामना गर्नुपरेको अवस्थालाई ध्यानमा राख्दै उनले सबैलाई पार्टीको हितमा काम गर्नुपर्ने आग्रह गरिन्। पार्टीलाई तल्लो तहमा सुदृढ गर्न एकजुट भएर कार्य गर्नुपर्ने राईले अपील गरेकी छन्।