मुख्यमन्त्री प्रेमसिंह तामाङ सिक्किम फर्किए

IMG-20230625-WA0306.jpg

गान्तोक: मणिपुरको वर्तमान स्थितिलाई ध्यानमा राख्दै केन्द्र सरकारद्वारा डाकिएको सर्वदलीय बैठकमा सहभागिता जनाएपछि आज राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ सिक्किम फर्किए। यस अवधि उनलाई बाघडोग्रा विमानस्थलमा मुख्यमन्त्रीका प्रेस सचिव विकास बस्नेत अनि अन्य प्रोटोकल अधिकारीहरूले स्वागत जनाए।

जानकारी गराइन्छ, मणिपुरको ताजा स्थितिबारे चिन्तन गर्न नयाँ दिल्लीमा गृह मन्त्री अमित शाहको अगुवाईमा डाकिएको सर्वदलीय बैठकमा सहभागिता जनाउन मुख्यमन्त्री प्रेमसिंह तामाङ पश्चिम जिल्लामा जनता भेट कार्यक्रमबाटै सोझै नयाँ दिल्ली प्रस्थान भएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement