इम्फालः मणिपुरमा सुरक्षाबलहरूलाई हिंसासित भिड़्न कठिन भइरहेको छ। एकातिर उपद्रवी तत्व हिंसा फैलाउन लागिपरेको छ भने अर्कोतिर कानून अनुसार कारबाही गर्ने मार्गमा सुरक्षाबलहरूको निम्ति अनेकौं बाधाहरू उत्पन्न भइरहेका छन्। सुरक्षा सूत्रबाट प्राप्त जानकारी अनुसार स्थानीय महिला संगठनले जवानहरूमाथि दुर्व्यवहार गरेको आरोप लगाउँदै प्रदर्शन गरिरहेकोछ। महिलाहरूको आरोप छ, इम्फाल पूर्वको कांग्लातोंबी इलाकाका महिलाहरूले कांग्लातोंबी बजार बोर्डका महिलाहरूसित कथित दुर्व्यवहार गरे। यो घटना कांग्लातोमबी ब्रिज र कांग्लातोम्बी बजार बोर्डमाझ भएको थियो।
सूत्र अनुसार क्याप्टन मनिंगबाको नेतृत्वमा मोटबुंगमा तैनाथ केन्द्रिय बलहरूको एक टीमले कांगलातोम्बीका मैतेई आवासहरूमा खोज-तलास गऱ्यो। आरोप लगाइएको छ, लगभग १५ जना सुरक्षाकर्मीहरूको एक टीम कांग्लातोंबी पुग्यो, तर केन्द्रिय बलहरूलाई देखेर वरपरबाट ठूलो संख्यामा ग्रामीणहरू एकत्र भई केन्द्रिय बलहरूलाई फर्किने आग्रह गरे। उनीहरूले थप आरोप लगाए, कम जनसंख्याको फाइदा उठाएर केन्द्रिय बलहरूले कुकी उग्रवादीसित मिलेर क्षेत्रमा मैतेई समुदायलाई लक्ष्य बनाइरहेका छन्।
रक्षा सूत्रले बताए मुताविक वर्ष २०१५ –मा भएको डोगरा हमलाका छः मामिलाहरूका मास्टरमाइण्ड स्वयम्भू लेफ्टिनेन्ट कर्नल मोइरांगथेम तम्बा उपनाम उत्तम समेत १२ उग्रवादीहरूलाई समातेको थियो, तर स्थानीय महिला अनि नेताहरूको नेतृत्वमा लगभग १३-१५ सयजनाको भीड़ले उनीहरूलाई घेऱ्यो। भीड़को चापले गर्दा ती १२ जना केवाईकेएल उग्रवादीहरूलाई छोड़्न पऱ्यो। प्रवक्ता अनुसार महिलाहरूको नेतृत्वमा रहेको भीड़विरूद्ध बल प्रयोग गर्नदेखि बँच्दै सबै १२ क्याडरहरूलाई स्थानीय नेताहरूलाई सुम्पिइयो। केन्द्रिय गृह मन्त्रालयले स्थानीय स्थितिलाई ध्यानमा राखेर सुरक्षा बलहरूको संयुक्त टीमद्वारा कारबाही गर्ने निर्देश दिएको छ।
-हिस