भाजपा चुनाउ कार्यालयमा तोड़फोड़, आरोप तृणमूलमाथि

00-1-Rajya-Samachar-9

दक्षिण दिनाजपुरःरातको अन्धकारमा भाजपाको चुनाउ कार्यालयमा तोड़फोड़ गरेको आरोप तृणमूल कांग्रेसमाथि लागेको छ। घटना गंगारामपुर थानाको सुकदेवपुर भगवान पाड़ा क्षेत्रको हो।

जानकारी अनुसार, गंगारामपुर ब्लकको सुकदेवपुर ग्राम पञ्चायतको भगवान पाड़ामा भाजपाले चुनाउ कार्यालय बनाएको थियो। आज बिहान भाजपा कार्यकर्ताहरू र समर्थकहरूले चुनाउ कार्यालयमा तोड़फोड़ गरिएको देखे। कार्यालयबाट टेबल-चौकी हराएको थियो। खबर पाउनसाथ तपन विधायक बुधराय टुडू, भाजपा जिल्ला सचिव अशोक वर्धन, भाजपा जिल्ला परिषद प्रत्याशी प्रदीप सरकार घटनास्थलमा पुगे।

भाजपाका जिल्ला सचिव अशोक वर्धनले भऩे, रातको अन्धकारमा भाजपाको चुनावी कार्यालयमा तृणमूल समर्थित बदमाशहरूले तोड़फोड़ गरेका छन्। तृणमूल कांग्रेसले पराजयको डरले यो काण्ड गरेको हो। पुलिस थाना र चुनाउ आयोगसित घटनाको शिकायत गर्नेछौं। यद्यपि, तृणमूलले भाजपाको यस आरोपलाई खारेज गरेको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement