सोनादा: सोनादाको एउटा झोड़ामा भर्खरै जन्मेको नवजात शिशुको शव फेला परेको छ। सोनादा पुलिस आउट पोष्ट सुत्रबाट प्राप्त जानकारी अनुसार सोनादाको सरस्वती डाँड़ाको कुनै एक झोड़ामा भर्खरै जन्मेको एक नवजात शिशुको शव फेला परेको छ। उक्त शव भर्खरै जन्मेको छोरी शिशुको शव रहेको बताइएको छ। पुलिस सुत्रले जनाए अनुसार सोनादाको सरस्वती झोड़ामा एक अज्ञात नवजात शिशुको शव देखिएपछि स्थानीयहरूले पुलिसलाई जानकारी दिएको र पुलिसले उक्त नवजात शिशुको शवलाई उध्दार गरेर पोष्टमोर्टमको लागि दार्जिलिङ पठाएको र यस घटना विषयमा पुलिसले तत्कालै छानबीन शुरु गरिएको जानकारी प्राप्त भएको छ।

भर्खरै जन्मेको छोरी नानीको शव फेला परेपछि क्षेत्रमा निक्कै हलचल र खुल्दुली मज्जिएको छ। भर्खरै जन्मेको नवजात शिशुलाई कसले फ्याँक्न सक्छ भन्ने कुराले स्थानीयहरूमा निक्कै कौतुहलता सिर्जना भएको छ।