जशोदा गिरी स्मृति फर्ष्ट डीविजन लीगः हिमालयन एफसी विजयी

CollageMaker_2023625195510331.jpg

२५ जूनः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित जशोदा गिरी स्मृति फर्ष्ट डीविजन लीगमा हिमालयन एफसी-ले रोमाञ्चक जीत हासिल गऱ्यो। दार्जीलिङको लेबोंग स्टेडियममा आइतवार खेलिएको म्याचमा हिमालयन एफसी-ले च्यालेञ्जर स्पोर्टिंग क्लबलाई २-१-ले पराजित गऱ्यो। ग्रुप ए-को यस म्याचमा विजेता टीमबाट दुवै गोल मेण्डिस मंगरले गरे। यसरी च्यालेञ्जर स्पोर्टिंग क्लबबाट साजन मुखियाले गोल गरे। म्याचमा रेफरीको भूमिका रमेश राईले निर्वाह गरेका थिए। यसरी सहायकको भूमिकामा रेमण्ड तामाङ र उज्ज्वल राई रहेका थिए। यस लीगमा जम्मा ९ वटा टीमले हिस्सा लिएको छ। यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। टुर्नामेण्टको नक्आउट चरणको तारिख अहिले घोषणा गरिएको छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement