खरसाङ: खरसाङ खण्डको तीनधारे महानदी समष्टि अन्तर्गत जोगमाया चियाबारीमा चुनावको मुखैमा हाम्रो पार्टीको ३६ परिवारहरू भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। हाम्रो पार्टीको जोगमाया चियाबारीको सभापति नवीन मंगर र सचिव निलम छेत्रीको अगुवाईमा जम्मा ३६ परिवारहरू आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएको दाबी गरिएको छ। यस क्रममा हाम्रो पार्टीबाट भागोप्रमोमा सामेल हुनेहरू सबैलाई भागोप्रमो खरसाङ महकुमा समितिको उपाध्यक्ष प्रेम प्रधान, तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, जीवन थापा आदिको बाहुलीबाट पार्टीको झण्डाहरू प्रदान गरी पार्टीमा स्वागत गरिएको छ। उक्त सामेल कार्यक्रमलाई रबीन मंगरले सञ्चालन गरेका थिए भने कार्यक्रमलाई भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापाले सम्बोधन गरेका थिए। भागोप्रमोमा सामेल हुनेहरूमा मुख्य रूपमा हाम्रो पार्टीको जोगमाया चियाबारीको सभापति नवीन मंगर, सचिव निलम छेत्री, उप सभापति रिनोद नेवार, कोषाध्यक्ष राजु तामाङ, सल्लाहकारहरू क्रमैले सन्तोष मंगर, देवपाल तामाङ, सञ्जय तामाङ लगायत कार्यकारी सदस्यहरू सामेल रहेका छन्। यस अवसरमा पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमोमा सामेल भएका हाम्रो पार्टी जोगामाया चियाबारीको ट्रेड युनियनको सचिव निलम छेत्रीले आज बीस घर भागोप्रमोमा सामेल भएको र योभन्दा अघि नै 16 घर सामेल भइसकेकोले जम्मा 36 परिवारहरू भागोप्रमोमा सामेल भएको जानकारी गराएका छन्। उनले भागोप्रमो पार्टीको अध्यक्ष अनित थापाको कार्यशैली मन पराएर साथै यो पञ्चायत चुनावमा हाम्रो आफ्नै गाउँको बहिनी चन्दना तामाङलाई जिताउन आफुहरू अघि आएर भागोप्रमोमा सामेल भएको जानकारी गराएका छन्। त्यसरी नै हाम्रो पार्टी जोगामाया चियाबारीको सभापति नवीन मंगरले पनि भागोप्रमो पार्टीको अध्यक्ष अनित थापाको कार्यहरू हेरेर अनि जोगमाया चियाबारीको सबै गाउँहरू एकबध्द भएर गाउँकै चेलीलाई जिताउन आफुहरू पनि भागोप्रमो पार्टीमा सामेल भएको बताएका छन्। उक्त सामेल कार्यक्रम अघि जोगमाया चियाबारीमा भागोप्रमोको चुनावी सभा जीवन थापाको अध्यक्षता र रबीन मंगरको सञ्चालनमा सम्पन्न भएको थियो। उक्त चुनावी सभामा मुख्य अतिथिको रूपमा भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा उपस्थित रहेका थिए। यस चुनावी सभामा भागोप्रमोको ट्रेड युनियन जोगमाया शाखा सचिव सुरज मंगर, सिलिम हिलबाट आएकी अतिथि आशिका राई, ग्राम पञ्चायत चुनावको भागोप्रमो प्रार्थी चन्दना तामाङ र पञ्चायत समितिको प्रार्थी वाङ्दी लामा र सभाध्यक्ष जीवन थापाले वक्तव्य राखेका थिए।