भाजपा द्वारा सिलगढीमा काला दिवसपालन

Capture4-16.png

सिलगढी: आज सिलगढीमा भारतीय जनता पार्टीले कालो दिवस पालन गर्यो। गत २५ जुन १९७५ देखि २१ मार्च १९७७ सम्म तत्कालीन प्रधानमन्त्री इन्दिरा गाँधीको नेतृत्वमा कङ्ग्रेस सरकारले देशमा राष्ट्रिय आपातकाल लगाएको थियो। त्यस शासन व्यवस्थाको विरोधमा भाजपाले २५ जुनलाई काला दिवसको रूपमा पालन गर्दै आइरहेको छ। आज सिलगढी सांगठनिक जिल्ला कमिटीको पहलमा सिलगढीको हासमी चोकमा काला दिवस पालन गरियो। यस अवसरमा मतिगढा – नक्सलबारीका विधायक आनन्दमय बर्मन, सिलगढी नगरनिगमको विरोध दल नेता अमित जैन लगायत अन्य उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement