डुवर्सकन्यामा अलिपुरद्वार जिल्लाको ९औं वर्षगाँठ पालन

Capture6-13.png

अलिपुरद्वार: अलिपुरद्वार जिल्लाको ९औं वर्षगाँठ केक काटेर, बलुन उडाएर आज अलिपुरद्वार जिल्लाको प्रशासनिक भवन डुवर्सकन्यामा एउटा कार्यक्रमको माध्यमद्वारा पालन गरियो। यस कार्यक्रममा अलिपुरद्वार जिल्ला प्रशासन र तथ्य संस्कृति विभागको पहलमा आयोजना गरिएको थियो भने यस अवसरमा जिल्ला शासक सुरेन्द्र कुमार मीना, बङ्गरत्न पद्मश्री प्राप्तकर्ता एवम् समाजका अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए। यसै कार्यक्रममा मेघावी विद्यार्थीहरू लगायत पत्रकारहरूलाई सम्मान जनाइयो। यस सम्बन्धमा जिल्ला शासक सुरेन्द्र कुमार मीनाले भने, ९ वर्षमा जिल्लाको सर्वाङ्गीण विकास भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement