२५ जूनः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा बेणु सुब्बा स्मृति प्रीमियर डीविजन फूटबल लीगमा युनाइटेड रंगबुल एफसी र हर्सिंग फूटबल क्लबबीच आइतवार खेलिएको म्याच १-१-ले ड्र रह्यो। दार्जीलिङको लेबोंग स्टेडियममा खेलिएको ग्रुप बी-को यस म्याचमा हर्सिंग फूटबल क्लबबाट केवल थापाले गोल गरे। यसरी युनाइटेड रंगबुल एफसी-बाट अरुण तामाङले गोल गरे। म्याचमा रेफरीको भूमिका रमेश राईले निर्वाह गरेका थिए। यसरी सहायकको भूमिकामा पवन थामी र जीवन छेत्री रहेका थिए। यस लीगमा जम्मा ९ वटा टीमले हिस्सा लिएको छ। यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। टुर्नामेण्टको नक्आउट चरणको तारिख अहिले घोषणा गरिएको छैन।