खरसाङ सुपर लीग:युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी) च्याम्पियन

IMG-20230625-WA0232.jpg

२५ जूनः फूटबल खेल र खेलाड़ीहरूका जमीनी स्तरबाट विकासमा निरन्तर कार्य गर्ने खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधानमा आयोजित खरसाङ सुपर लीगमा युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी) च्याम्पियन भयो। गोथल्स मेमोरियल स्कूल मैदानमा आइतवार खेलिएको फाइनलमा यूकेएफसी-ले युनाइटेड दिलाराम फूटबल क्लबलाई ३-०-ले पराजित गऱ्यो। विजेता टीमबाट नयन प्रधानले पाँचौं र २२औं मिनटमा २ गोल गरे। यसबाहेक दोस्रो हाफको खेलमा चिराग भुजेलले अझ एक गोल गरे। फाइनलमा प्रतीक भुजेल मुख्य रेफरी रहेका थिए। यसरी सहायकको भूमिकामा सुरेन गुरुङ र प्रमोद प्रधान थिए। फोर्थ अफिसियलको जम्मेवारी सलिम गुरुङ अनि सत्यम थापा (रेकर्ड्स)-ले निर्वाह गरेका थिए। च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १८ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी रनरअप् हुने टीमलाई ट्रफीको साथमा १२ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। फाइनलको अवसरमा फूटबल खेलप्रति योगदानको निम्ति पूर्व खेलाड़ीहरू हेम कुमार अधिकारी, तरुण मुखिया र महेन्द्र सुब्बालाई सम्बर्द्धना जनाइयो।
संक्षिप्तमाः
च्याम्पियनः युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी)
रनरअप्ः युनाइटेड दिलाराम फूटबल क्लब (यूडीएफसी)
प्लेयर अव् द टुर्नामेण्टः प्रज्ज्वल राई (यूडीएफसी)
प्लेयर अव् द म्याचः नयन प्रधान (यूकेएफसी)
बेस्ट गोलकीपरः रुपक तोया (यूकेएफसी)
हाईएस्ट स्कोररः पेमा लामा (यूकेएफसी, ११ गोल)

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement