२५ जूनः अष्ट्रेलियाका स्पिनर न्याथन लायनले लण्डनको लर्ड्स क्रिकेट मैदानमा ईंग्ल्याण्ड विरुद्ध दोस्रो एशेज टेस्ट म्याच खेल्न मैदानमा ओर्लिनको साथै एउटा ठूलो रेकर्ड बनाउनेछन्। लायन अष्ट्रेलियाको तर्फबाट लगातार १०० वटा टेस्ट म्याच खेल्ने पहिलो विशेषज्ञ बलर बन्नेछन्। साल २०१३ पछि ३५ वर्षीय लायनले लगातार ९९ वटा टेस्ट म्याच खेलेका छन्। यसअघि पाँचजना क्रिकेटरले लगातार १०० या त्यसभन्दा अधिक टेस्ट म्याच खेलिसकेका छन्। यसमा ईंग्ल्याण्डका एलिस्टेयर कुकले सर्वाधिक १५९ वटा टेस्ट म्याच खेलेका थिए। यस सूचीमा अष्ट्रेलियाका एलन बोर्डर (१५३), मार्क वा (१०७), भारतका सुनिल गावस्कर (१०६) र न्यूजील्याण्डका ब्रेण्डन म्याक्कुलम (१०१) जस्ता दिग्गजहरू पनि सामेल छन्।
यस असाधारण उपलब्धिबारे स्पिनर लायनले भने, यो एउटा यस्तो उपलब्धि हो जसमाथि मलाई गर्व छ। लगातार १०० वटा टेस्ट म्याचमा अडिग रहनु सजिलो हुँदैन। यस अवधि धेरै परिमाणमा क्रिकेट खेलियो। धेरै उतार-चड़ाउ देखियो। मेरो केश त्यसै हराएको होइन। यसैकारण मलाई चिण्डे देखेर चकित नहुनुहोस्। कुनै पनि एथलीटलाई लामो समयसम्म सफल हुनको निम्ति वरिपरि असल व्यक्तिहरू रहनु जरूरी छ। मैले पनि मेरो परिवार र अष्ट्रेलियाई टीममा साथी खेलाड़ीहरूबाट असल साथ र समर्थन पाएँ। उनीहरू सबैको माया र मार्गदर्शनले मलाई यहाँसम्म पुऱ्यायो। उल्लेखनीय छ, अष्ट्रेलियाई स्पिनर टेस्ट क्रिकेटमा ५०० विकेटको उपलब्धि हासिल गर्नदेखि पनि केवल ५ विकेट टाढ़ा रहेका छन्।