चुनाउ ड्यूटीमा सिलगढी आएका एक पुलिस कन्स्टेबलको मृत्यु

death-1024x489.jpeg

सिलगढी। सिलगढी महकुमा परिषद चुनाउको निम्ति चुनाउ ड्यूटीमा सिलगढी आएका एक पुलिस कन्स्टेबलको मृत्यु भएको छ। मृतकको नाम बुद्धदेव टुडु रहेको बताइएको छ भने तिनी बांकुडा निवासी हुन्।
जानकारीअनुसार, बुद्धदेव टुडु आइतवार चुनाउ ड्युटीमा आएका थिए। राति खाना खाने समयमा अचानक तिनको स्वास्थ्य बिग्रियो। उसलाई तत्कालै नक्सलबाडी अस्पताल लगियो, जहाँ चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए।

चिकित्सकहरू अनुसार, बुद्धदेव टुडूको मृत्यु ह्रदयघातका कारण भएको हो। शव पोस्टमार्टमको निम्ति उत्तर बंगाल मेडिकल कलेज पठाइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *