सिलगढी: नक्सलबारीको आशापुर चिया बगान रोडमा एक डम्पर र म्याजिक ट्रकको बीचमा ठोक्किएको छ। डम्परको टायर फुटेका कारण म्याजिक अनियन्त्रित भई गाडीसँग ठोक्किएको बताइएको छ। ठूलो आवाज सुनेर स्थानीयवासी घटनास्थल पुगेका थिए। पछि घाइतेहरूलाई गाडीबाट बाहिर निकालिएको थियो। घटनामा घाइते ६ यात्रीलाई उद्धार गरी नक्सलबारी अस्पतालमा भर्ना गरिएको छ। ४ जनालाई प्राथमिक उपचारपछि डिस्चार्ज गरिएको छ। गम्भीर घाइते २ जनाको उपचार भइरहेको छ। घटनापछि डम्पर चालक फरार भएका छन् । यस विषयमा अनुसन्धान भईरहेको छ।