मदिरा पसल तोड्फोड, २ जना पक्राउ

88472c35-8a7d-4d25-ac96-91f7c0f2da5d

सिलगढी: मादक पदार्थ सेवन गरी गाउँमा महिलामाथि दुर्व्यवहार गाउँलेको गुनासोमा गाउँकै मदिरा पसलमा तोडफोड गरिएको छ। सिलगढी नजिकैको फुलबारी क्षेत्रको अम्बाडी गजलडोबा नहर रोडको नवापाडा क्षेत्रमा गाउँलेहरूले मदिरा पसलमा तोडफोड गरेका छन्। यो पसलबाट केहीले मदिरा किनेर सडकमै बसेर पिउने गरेको गाउँलेको आरोप छ। त्यही बेला बाटोमा हिँड्ने महिलामाथि हातपात हुने गरेको आरोप छ। सूचना पाएपछि नयाँ जलपाइगढी थानाको पुलिस घटनास्थल पुग्यो। घटनास्थलबाट दुई जनालाई पक्राउ गरिएको छ। अर्कोतर्फ मदिरा पसलका मालिकले यो घटना पूर्णतया मनगडन्ते भएको बताएका छन्। पुलिसले घटनाको अनुसन्धान सुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement