विद्या भारती सिक्किमले राष्ट्रिय एनईपी २०२० माथि प्रान्तस्तरीय प्रशिक्षण आयोजन गर्ने

गान्तोक। विद्या भारती सिक्किमले आगामी १ जुलाईदेखि ४ जुलाईसम्म राष्ट्रिय शिक्षा नीति (एनईपी) २०२० माथि प्रान्तस्तरीय प्रशिक्षण आयोजन गर्ने भएको छ। उक्त कार्यक्रम दक्षिण सिक्किमको मलबासेस्थित सरस्वती विद्या निकेतनमा आयोजन गरिने छ।

आजादीको अमृत महोत्सव अन्तर्गत आयोजन गरिने यस कार्यक्रममा विद्या भारती सिक्किमद्वारा सिक्किम र कालेबुङमा सञ्चालित सबै विद्यालयका शिक्षक-शिक्षिकाहरू सहभागी हुनेछन्। प्रशिक्षण कार्यक्रममा सिक्किम सरकार र क्षेत्रीय विशेषज्ञहरूले सम्बन्धित विषयमाथि शिक्षक-शिक्षिकाहरू प्रशिक्षित गर्नेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement