सिलगढीमा युवा तृणमूल कांग्रेस अध्यक्षमाथि चक्कु प्रहार भएको छ

55dba824-01b6-4bb0-879c-7ec77ef1c00a

सिलगढी: सिलगढीको २४ नम्बर वार्डका युवा तृणमूल कांग्रेसका अध्यक्ष जयब्रत मुकुटीलाई हिजो राति बदमाशहरूले छुरा प्रहार गर्दा गम्भीर घाइते बनाएका छन्। घटना सार्वजनिक हुनासाथ सम्पूर्ण क्षेत्रमा सनसनी फैलिएको छ। जयब्रत मुकुटी उत्तर भारतनगर निवासी हुन्। गत राति सिलगढीको सेवक रोडमा एक युवकसँग उनको चर्को झगडा भएको हो। सोही क्रममा अरु केही मानिस आएर उनलाई घेरेर एकजनाले पेटमा छुरा प्रहार गरेको आरोप छ। घटनाको खबर पाएलगत्तै तृणमूल छात्र परिषद र अन्य तृणमूल नेताहरू तुरुन्तै घटनास्थलमा पुगेका थिए। घाइते तृणमूल नेतालाई तत्काल सिलगढी जिल्ला अस्पतालमा भर्ना गरिएको थियो। घटनाको जानकारी पाएलगत्तै पुलिस घटनास्थलमा पुगेको थियो। सिलगढी नगरपालिकाका अध्यक्ष तथा वार्ड नम्बर २४ का पार्षद प्रतुल चक्रवर्ती पनि घटनास्थल पुगेका थिए। यस घटनाबारे पुलिसमा उजुरी परेको थियो। पुलिसले सम्पूर्ण मामिलाको अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement