ट्रायल्समा छूट मागेको कुरा साबित भए कुश्ती छोड़्ने पहलवानहरूका दावी

IMG-20230625-WA0150.jpg

२५ जूनः एशियन गेम्स र वर्ल्ड च्याम्पियनशीपको ट्रायल्सबाट छूट प्राप्त भएपछि साथी पहलवानहरूबाट विरोधको सामना गरिरहेका आन्दोलनकारी पहलवानहरूले भारतीय ओलम्पिक समिति (आईओए)-सँग यस्तो छूटको माग गरेको अस्वीकार गर्दै उनीहरूले यस्तो गरेको साबित भए कुश्ती छोड़्ने दावी गरेका छन्। लण्डन ओलम्पिकमा काँस्य पदक विजेता पहलवान योगेश्वर दत्तले के यी पहलवानहरूले यस प्रकारको छूट हासिल गर्नको निम्ति विरोध प्रदर्शन गरिरहेका छन् भनी प्रश्न उठाएका थिए। उनले यसको साथमा जूनियर पहलवानहरू, उनीहरूका प्रशिक्षक र अभिभावकहरूसँग यस अन्यायको विरोधमा आवाज उठाउने माग गरेका थिए।
यसको जवाफमा ओलम्पिक पदक विजेता साक्षी मलिकले भनिन्, हामीले ट्रायल्समा छूटको माग गरेका थिएनौं। हामीले केवल तयारीको निम्ति समय मागेका थियौं। यसरी नै दिग्गज पहलवान बजरंग पूनियाले भने, तपाईंलाई एउटा लड़ाइँको ट्रायलसँग समस्या थियो भने तपाईं (योगेश्वर) खेल मन्त्री समक्ष जानु पर्थ्यो। यस्तो नगरेर तपाईंले सोशल मीडियाको माध्यमले घृणा फैलाउने प्रयास गर्नु भयो। ट्रायल्सबाट छूट मागेको कुरा साबित भए हामी कुश्ती छोड़्न तयार छौं। हामीले छूटको निम्ति कुनै पत्र लेखेका थिएनौ। यसको साथमा पहलवानहरूले लड़ाइँ जारी राख्ने प्रतिबद्धता पनि व्यक्त गरे। विनेश फोगाटले भनिन्, बृजभूषण शरण सिंहलाई शास्ती नभएसम्म हामी आफ्नो लड़ाइँ जारी राख्नेछौं। हामी आरोप पत्र दर्ता हुने प्रतीक्षा गरिरहेका छौं। उल्लेखनीय छ, साक्षी, विनेश र बजरंगसबित देशका शीर्ष पहलवानहरू महिला पहलवानहरूसँग कथित यौन उत्पीड़नको मामिलामा भारतीय कुश्ती महासंघ (डब्ल्यूएफआई)-का निवर्तमान अध्यक्ष बृजभूषण शरण सिंहलाई पक्राउ गर्नु पर्ने माग गरिरहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement