२५ जूनः बालासन युथ क्लब (१५ लाइन, धोतरिया बालासन, दार्जीलिङ)-को तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स कप नक्आउट फूटबल टुर्नामेण्टमा शनिवार एउटा म्याच खेलियो। धोतरिया बालासन स्कूल खेल मैदानमा भएको म्याचमा धजिया बस्तीले सुनार बस्ती युथ क्लब (एसबीवाईसी)-लाई ५-३-ले पराजित गऱ्यो। यस सेभेन ए साइड टुर्नामेण्टको फाइनल १५ अगस्तमा खेलिनेछ। च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ भनी बालासन युथ क्लबका सचिव निहाल राईले जनाएका छन्।