अण्डर-१७ फूटबलः ग्रोन युनाइटेड (दुधिया) र यूबीएफसी विजयी

photocollage_2023625121146181.jpg

२५ जूनः मुण्डा बाँसघारी युथ क्लब (मुण्डा कोठी टी गार्डन, सोनादा, दार्जीलिङ)-को तत्त्वावधानमा आयोजित अण्डर-१७ फूटबल टुर्नामेण्टमा शनिवार दुईवटा म्याच खेलियो। दिनको म्याचमा ग्रोन युनाइटेड (दुधिया)-ले मगरजुंगलाई ४-१-ले पराजित गऱ्यो। यसरी दोस्रो म्याचमा पचेंगको युनाइटेड बेटलर्स फूटबल क्लबले सोनादाको गोर्खा सेभेनलाई २-०-ले पराजित गऱ्यो। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल १५ अगस्तमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement