सिङ्ताम: तिङ्ली दक्षिण सिक्किमबाट राम राई नामक ४० वर्षीय व्यक्तिलाई गत २२ जून २०२३ को बेलुकी सिङ्ताम जिल्ला अस्पताल ल्याउँदा-ल्याउँदै मृत्यु भएको अनि यस घटना विषय तिमी थानामा मुद्दा दायर गरिएको पुलिस सूत्रले जनाएको छ। शवलाई पहिचानको निम्ति सिङ्ताम जिल्ला अस्पतालको शवगृहमा ७२ घण्टा निम्ति राखिएको छ। यदि कसैले पहिचान गरेको खण्डमा केसका आईओ एएसआई मनिष सुब्बालाई ७८७२८८९९५७- मा सम्पर्क गरेर शवलाई लिएर जानसक्ने जानकारी पनि पुलिस सूत्रले दिएका छन्।











