इम्फाल: हिंसा प्रभावित मणिपुरमा सुरक्षा बलहरूको खोजी अभियानको क्रममा अहिलेसम्ममा १,०९५ हतियार, १३,७०२ गोला-बारूद साथै विभिन्न प्रकारका २५० बम बरामद गरिसकेको छ। मणिपुर पुलिसका केन्द्रीय नियन्त्रण कक्षले उक्त जानकारी दिएको हो। यी हतियार अनि गोला-बारूदहरू गत ३ मईमा शुरू भएको हिंसापछि विभिन्न थानाहरूबाट उपद्रवीहरूले लुटेका थिए। एक रिपोर्टअनुसार मणिपुरका विभिन्न पुलिस थानाहरूबाट उपद्रवीहरूले चै हजार भन्दा अधिक हतियार लुटेका थिए।
पुलिसले जानकारी गराएअनुसार हाल केही स्थानहरू बाहेक अधिकांश जिल्लाहरूमा स्थिति सामान्य छ जहाँबाट छुटपुट घटनाहरूको मात्र समाचार प्राप्त भइरहेको छ। जिल्लाहरूमा नियमित रूपमा जिल्ला सुरक्षा समन्वय समितिका बैठकहरू आयोजना हुँदै आएको छ। सम्वेदनशील क्षेत्रहरूमा पेट्रोलिङ, फ्ल्याग मार्च, घेराबन्दी अनि खोजी अभियानहरू संचालन भइरहेका छऩ्। पुलिसका अनुसार केन्द्रीय बलहरूको विभिन्न संयुक्त टीमद्वारा सम्वेदनशील क्षेत्रहरूमा विशेष गरी पहाड़ी अनि उपत्याका जिल्लाहरूका सीमावर्ती क्षेत्रहरूमा व्यापक खोजी अभियान परिचालन। बिष्णुपुर जिल्लाको तोरबुंग, मामांग, लेइकाई र काकचिंग जिल्लाको जोउ वेंग, टी मुनोमजांग, सुगनू ट्राइबल एवं सेरू पार्ट-३ गाउँमा खोजी अभियान चलाइँदैछ। काकचिंग जिल्लाको सोकोम, नाजरेथ, लोनपी खुनौ, सेरू पार्ट-२, सेरू माखा लीकाई तथा इम्फाल पश्चिमको करोंग गाउँमा गए शुक्रवार पनि खोजी अभियान जारी रह्यो। राष्ट्रीय राजमार्ग-३७ मा आवश्यक वस्तुहरूको आवागमन सुनिश्चित गरिँदैछ। सम्वेदनशील क्षेत्रहरूमा सुरक्षा बलले लगातार मार्च गरिरहेको छ। -हिस











