आवश्यकमन्द परिवारलाई कपड़ा वितरण

कालचिनी। आज राजाभातखावास्थित मिलन मन्दिर क्लबमा एउटा गैर राजनैतिक संस्था शंख एनजीओ द्वारा बाढ़ पीड़ित आवश्यकमन्द परिवारलाई प्रायः १०० भन्दा परिवारलाई निःशुल्क चाहिन्दो लता कपड़ा वितरण गरिएको थियो। आज सो अवसरमा तृणमूल अलिपुरद्वार जिल्लाको सहसभापति बिजय साईबो लगायत राजाभातखावा अञ्चल सभापति मनोज अग्रवाल, राजु छेत्री एवम् अन्यान्यको उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रायः १०० भन्दा अधिक आवश्यकमन्द परिवारलाई निःशुल्क लता कपड़ा वितरण गरिएको र यो विशेषगरि अहिले बाढ़जन्य परिस्थितिको सामना गर्न परिरहेकोले ती परिवारलाई आज यो सानो मदत गर्न चाँजो मिलाउन पाएकोमा हर्षित लागेको शंख एनजीओको प्रतिनिधि प्रीति चन्दाले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement