नेपाल: पोखरामा चीनको बढ्दो गतिविधि, अब हरेक वर्ष ड्रेगन बोट फेस्टिभल

Pokhara-Nepal-copy-1

काठमाडौं: नेपालको पर्यटकीय शहर पोखरामा चिनियाँ गतिविधि बढेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीनको ऋणमा बनाउँदै उसको गतिविधि बढेको थियो। अब विमानस्थल निर्माण पूरा भएपछि झनै गतिविधि बढेको हो। विमानस्थल निर्माण हुँदै गर्दा चिनियाँ लगानीका होटलहरु खुले। अहिले चीनले आफ्नो संस्कृतिहरु पोखरामा भित्राइरहेको छ।

चीनको पहलमा पोखरामा ड्रेगन बोट फेस्टिभल गरिएको छ। ड्रेगन बोट फेस्टिभल डान्बु जी भनेर चिनिन्छ जुन चीनको महत्वपूर्ण महोत्सव हो। यो चाइनिज क्यालेन्डरअनुसार लुनार पाचौं महिनामा मनाइन्छ। नेपालमा पहिलोपटक पोखरामा ड्रागन बोट फेस्टिभल शुरु भएको छ। अब हरेक वर्ष पोखरामा यो फेस्टिभल मनाइने जनाइएको छ। ड्रेगन बोट फेस्टिभलमा प्रयोग गरिएका ८ वटा फाइवरका डुंगा केरुङ नाका हुँदै ल्याइएको थियो। फेस्टिभलमा सहभागी चारवटा नौका टोली पोखरामा पहिलोपटक उडान भरेको अन्तर्राष्ट्रिय विमान सिचुवान एयरलाइन्सबाट बुधबार आएका थिए। चाटर्ड विमानबाट नौका टोली ल्याएर चीनले अन्तर्राष्ट्रिय उडानको सुरुवात गराएको हो। तर, नियमित उडान कहिले हुने टुंगो छैन। -हिस

About Author

Advertisement