ट्रेनको धक्काले एकजना व्यक्तिको मृत्यु

राजगञ्ज: ट्रेनको धक्काले एकजना व्यक्तिको मृत्यु भएको छ। घटना राजगञ्ज ब्लकको बेलाकोवा रेल स्टेसन नजिक भएको हो। मृतक व्यक्ति बेलाकोवा संलग्न बाबुपाडा निवासी राजेश दासको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार आज बिहान कामको लागि राजेश घरबाट निस्केका थिए भने दिउँसो बेलाकोवा स्टेसन नजिक तिनको छत-विछत अवस्थामा शव उद्धार भएको बताइएको छ।
घटनाको खबर पाएर रेल पुलिस घटनास्थलमा पुगेर शव उद्धार गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *