बम विस्फोटमा तृणमूल कार्यकर्ताको मृत्यु

00-1-Rajya-Samachar-9

कोलकाताः पश्चिम बंगालमा पञ्चायत चुनाउलाई केन्द्र गरी लगातार भइऱहेको हिंसा रोकिने नाम लिइऱहेको छैन। शनिवार मुर्शिदाबादको बेलडाङ्गा क्षेत्रमा बम बाँधेको बेला ब्लास्ट हुँदा एक व्यक्तिको ज्यान गएको छ। मृतकको पहिचानको खुलासा भएको छैन।

स्थानीय सूत्रहरू अनुसार, बेलडाङ्गाको कपासडाङ्गा क्षेत्रको एक आँप बगैंचामा बम बनाउने काम चलिरहेको थियो तब अचानक विस्फोट भयो, जसमा तीन जना गम्भीर रूपमा घाइते भए। घाइतेहरूलाई अस्पताल लैजाँदा चिकित्सकहरूले एकलाई मृत घोषित गरे जबकि दुई जनाको स्थिति गम्भीर बनेको छ। घटनास्थलमा पुगेको पुलिसले एउटा ड्रममा भरेर राखिएको बम उद्धार गरेको छ। कांग्रेसले उसका कार्यकर्ताहरू विरूद्ध यी बमहरूको प्रयोग हुनुथियो भनी आरोप लगाएको छ।

मुर्शिदाबाद जिल्ला कांग्रेसका प्रवक्ता जयन्त दासले भने, जो मरेको छ, त्यो बम बनाउने मजदूर थियो। पञ्चायत चुनाउमा पुलिस निष्क्रिय छ र यसैगरी तृणमूल कांग्रेसको गुण्डा वाहिनीको बुतामा लोकतन्त्रको गला दबाउन चाहन्छ, सत्य यही हो। मुर्शिदाबाद जिल्लाको तृणमूल अध्य़क्ष अपूर्व सरकारले भने, कुनैपनि आपराधिक घटना घटेको छ भने पुलिसले कारबाही गरेर सत्यलाई उजागर गर्नेछ। यसलाई कुनै पार्टीसित जोड्नु सही होइन।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement