कुचबिहार: सिताई विधानसभा क्षेत्रको मोरभांगा अडाबारी क्षेत्रबाट पुलिसले ठूलो संख्यामा बम बनाउने उपकरणसहित २ जनालाई पक्राउ गरेको छ। पुलिस स्रोतका अनुसार सन्तोष दास नाम गरेका व्यक्तिको घरमा बम बनाउने सामग्री राखिएको थियो । पुलिसले बम बनाउने उपकरणसहित तीनवटा नयाँ बम बरामद गरेको छ । पञ्चायतको चुनावअघि यो घटनाले पूरै क्षेत्रमा चर्चा पाएको छ। कुचबिहारका अतिरिक्त पुलिस अधीक्षक कुमार सन्नी राजले दिउँसो १२ः४५ बजे सीताईलाई गोप्य स्रोतबाट सूचना प्राप्त भएको बताए। मोर डङ्गा अडाबारी क्षेत्रमा रहेको सन्तोष दासको घरमा छापा मारेर सिताई पुलिस चौकीले बम बनाउने लगायतका सामाग्री बरामद गरेको छ। बम बनाउने उपकरणमा ७० जर्दा बक्स, फलामको स्पिनर ३ केजी, फलामको बल ३ केजी, मार्बल २ केजी, चकलेट बम १५० थान, आधा किलो फलामको पिन र सुतलीका छ वटा रोल थियो । घरबाट बम बनाउने उपकरणका साथै तीनवटा नयाँ बम पनि बरामद भएको अतिरिक्त पुलिस उपरीक्षक कुमार सन्नी राजले जानकारी दिए । घटनामा पुलिसले २ जनालाई पक्राउ गरेको छ ।
 
								



 
								

 
															 
                     
								 
								 
															 
								 
								




