कालचिनी क्षेत्रमा बुद्ध पूर्णिमा  

57a3ccaf-cb7f-484f-a9c7-2d5ae008a3da

कालचिनी-  २५६६औँ बुद्ध पूर्णिमालाई लक्ष्य गर्दै गत शनिबारदेखि नै विभिन्न गुम्बा तथा मोनास्ट्रीहरुमा बौद्ध धर्मावलम्बीहरूले पुजा पाठ गर्दै आईरहेको क्रममा आज सरकारी रुपमा आजको मितिमा सवेतन छुट्टी पनि राज्य सरकारले घोषणा गरे अनुरुप विशेषगरी चियाबारी क्षेत्रहरुमा धुमधामसित २५६६औँ बुद्ध पूर्णिमा पालन गरिएको देखियो। आज यस अवसरमा कालचिनी खण्डको प्रायः २२ वटा चियाबारी लगायत बस्ती र बजार क्षेत्र समेटी प्रायः ५० वटा भन्दा अधिक बौद्ध गुम्बाहरूमा भव्यतापूर्वक बुद्ध पूर्णिमा (बुद्ध जयन्ती) पालन गरियो। यस क्रममा आज कालचिनी स्थित टाँशी छ्योई फेलिङ गुम्बा, राईमाटाङ चियाबारी स्थित दुईवटा गुम्बा टाँशी छ्योईलिङ साङा ङिङा गुम्बा र टाँशी छेवाङ ढुप्सी गुम्बा, मेचपाड़ा ८ नम्बर स्थित पेमा छ्योई फेलिङ गुम्बा, सेन्ट्रल डुवर्स चियाबारीको हात्तीमारा स्थित फुर्बा साङ्गे छ्योई फेलिङ गुम्बा, लगायत मेचपाड़ा मेन गार्डन, राजाभात सालबारी, डिमा स्थित  कुन्साङ छ्योईखोरलिङ गुम्बा, गङ्गुटिया स्थित डुवर्सको सबैभन्दा पुरानो तामाङ गुम्बा टाँशी छ्योई कुन्सोलिङ गुम्बा, दलसिंहपाड़ा स्थित नर्बु छ्योइलिङ गुम्बा, हेमिल्टनगञ्ज नेपाली लाईन स्थित हेमिल्टनगञ्ज धर्मचक्र बुद्धिस्ट मोनस्ट्री, फरवार्डनगर स्थित पूण्यज्योति बुद्ध मन्दिर साताली बस्ती स्थित टाँशी छ्योईलिङ गुम्बा, राजाभात सालबारी स्थित टाँशी छोडुप फेलिङ गुम्बा, जयगाँउ स्थित टाँशी छ्योईफेलिङ तामाङ गुम्बा लगायत कालचिनी ब्लकका बुखिमबारी, २२ धुरा, चुवापाड़ा, चिञ्चुला, राधारानी, बीच, भर्नाबारी चियाबारी आदि मिलाई प्रायः ५० भन्दा अधिक गुम्बाहरुमा आज भव्यरुपमा २५६६औँ बुद्ध पूर्णिमा पालन गर्दै भगवान बुद्धको प्रतिमूर्ति र पवित्र त्रिपिटक दोमङ छ्योई लिएर कोरवा शोभायात्रा निकालिएको थियो। यस अवसरमा राईमाटाङ चियाबारीको दुईवटा गुम्बा टाँशी छ्योईलिङ साङा ङिङा गुम्बा र टाँशी छेवाङ ढुप्सी गुम्बाले संयुक्त रुपमा कोरवा शोभायात्रा निकालेको थियो भने उक्त शोभायात्रामा लामा छ्याम नाच लगायत तामाङ डम्फुरेहरूको व्हाई समेटिएको थियो। आज सम्पूर्ण बौद्ध गुम्बाहरुमा वाङ र प्रसाद वितरण गरिएपछि सम्बन्धित गुम्बा कमिटीको पक्षबाट विविध कार्यक्रम सम्पन्न गरिएको थियो।

कालचिनी स्थित टाँशी छ्योई फेलिङ गुम्बाका सचिव श्याम थोकरले आज सर्वत्र गुम्बाहरुमा भगवान बुद्धको जन्मजयन्ती पालन गरिएको र आज राज्य सरकारले सवेतन छुट्टी घोषणा गरेकोले चियाबारी क्षेत्रका बौद्ध धर्मावलम्बीहरूले बढ़ेर चढ़ेर बुद्ध पूर्णिमा पालन गर्न सकेकोमा राज्य सरकारप्रति बौद्ध धर्मावलम्बीहरू आभारी रहेको जनाएका छन्। तिनले विगत दुई बर्ष कोरोना महामारीको कारण भव्यरुपमा बुद्ध पूर्णिमा पालन गर्न नसकिएको तर यसपाली भने भव्यताको साथ बुद्ध पूर्णिमा पालन भइरहेको पनि जनाएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *