सिलगढी: एक व्यापारीको अपहरणको खबरले सिलगढीमा सनसनी मच्चाएको छ। व्यापारीको नाम प्रभाकर सिंह हो । शनिबार बिहान करिब ६ बजेतिर चम्पासरी क्षेत्रमा रहेको घर अगाडिबाट ती व्यक्ति अपहरणमा परेको बताइएको छ। एक स्थानीय महिला चिया बिक्रेताले कारमा तीनजना उक्त क्षेत्रमा आएको बताइन्। त्यसपछि उनीहरूले व्यापारीलाई अपहरण गर्न खोज्दा ती महिला चिच्याउन थालिन्। उनी चिच्याएपछि अपराधीले व्यापारीको टाउकोमा बन्दुक हाने । यसपछि महिला त्यहाँबाट भागेपछि अपहरणकारीले व्यापारीलाई अपहरण गरेका थिए। ती महिलाले व्यापारीको घरमा गएर सबै कुरा सुनाइन्। प्रधाननगर पुलिस चौकीमा लिखित उजुरी परेको छ। तर अपराधीले अहिलेसम्म फोन गरेर कुनै किसिमको फिरौती मागेका छैनन्। यो किन र के उद्देश्यका लागि गरिएको हो भन्ने अझै खुल्न सकेको छैन । पूरै सहरमा अलर्ट जारी गरिएको छ । पुलिसले उक्त व्यक्तिको खोजी सुरु गरेको छ।









