हाँसीमारा क्षेत्रीय स्तरमा भानु जयन्ती समारोह हुने

कालचिनी: आगामी १३ जुलाईको दिन आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्म जयन्ती समारोह डुवर्सको विभिन्न ठाउँहरूमा सम्पन्न हुने चर्चा चलिरहेकोबीच यसपाली कालचिनी खण्डको हाँसीमारा क्षेत्रीय स्तरमा पनि पालन गरिने जानकारी आज हाँसीमारा क्षेत्रीय भानु जयन्ती समारोह कमिटीको पक्षबाट मूल सल्लाहकार समाजसेवी अनिल थापाले दिएका छन्। आज हाँसीमारास्थित लेबर वेलफेयर क्लबको परिसरमा आयोजक कमिटीको एउटा बैठक सम्पन्न भएको थियो।
उक्त बैठकमा आज २०८औँ भानु जयन्ती समारोहको अभ्यर्थना कमिटी गठन गरिएको थियो। आयोजक कमिटीको सभापतिको पदमा रितेश ‌विश्वकर्मा,सचिवमा राजेश गुरुङ र कोषाध्याक्षमा जनक शर्मा र सहकोषाध्याक्ष जगन्नाथ उपाध्याय एवम् मूल सल्लाहकारमा अनिल थापा, आश्रम शर्मा आदिलाई चयनित गरिएको बताईएको छ। आगामी १३ जुलाईको दिन मलङ्गीस्थित खेल मैदानमा सो समारोह सम्पन्न गर्ने बताईएको छ। उक्त दिन क्षेत्रको माध्यामिक औ उच्च माध्यमिक परीक्षामा उत्तीर्ण विद्यार्थीहरूलाई सम्वर्द्धना प्रदान गरिने साथै बेलुकी सांस्कृतिक कार्यक्रम सम्पन्न हुने आयोजक कमिटीको पक्षबाट सभापति रितेश ‌विश्वकर्मा र सचिव राजेश गुरुङले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement