बेणु सुब्बा स्मृति प्रीमियर डीविजन लीगः सेण्ट जोसेफ्स कलेजको जीत

photocollage_2023624174015158.jpg

२४ जूनः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको आयोजनमा बेणु सुब्बा स्मृति प्रीमियर डीविजन फूटबल लीग शनिवारदेखि शुरु भयो। दार्जीलिङको लेबोंग स्टेडियममा आज खेलिएको म्याचमा सेण्ट जोसेफ्स कलेजले दार्जीलिङ डायनामोलाई ३-०-ले पराजित गऱ्यो। ग्रुप ए-को यस म्याचमा विजेता टीमबाट प्रतिभाशाली युवा फूटबलर ब्रिजेश गिरी र देव राईले गोल गरे। एक गोल आत्मघाती रह्यो। यस लीगमा जम्मा ९ वटा टीमले हिस्सा लिएको छ। यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। टुर्नामेण्टको नक्आउट चरणको तारिख अहिले घोषणा गरिएको छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement