सारदा काण्डमा जड़ित शुभेन्दु अधिकारी विरुद्ध टीएमसीपीले गरे प्राथमिकी दर्ता

कालचिनी। आज फालाकाटामा मोदी सरकारको अष्टम बर्षपूर्तिको उपलक्ष्यमा भाजपाको एउटा जनसभा सम्पन्न भईरहेको छ भने यसैलाई लक्ष्य गर्दै आज तृणमूल छात्रा परिषद (टीएमसीपी) अलिपुरद्वार जिल्ला कमिटीको पक्षबाट अलिपुरद्वार थाना अघि एउटा विक्षोभ प्रदर्शन गर्दै सारदा चिटफन्ड स्क्यान्डलमा जड़ित शुभेन्दु अधिकारीलाई शीघ्र पक्राउ गर्नुपर्ने दाबी सार्दै एउटा अभियोग दर्ता गरिएको टीएमसीपी अलिपुरद्वार जिल्ला सभापति समीर घोषले जनाएका छन्।
आज यस क्रममा टीएमसीपीका कर्मी समर्थकहरूले अलिपुरद्वार थाना अघि शुभेन्दु अधिकारी हाय हायको नारा लगाएको थियो।सारदा स्क्यान्डलको मूल अभियुक्त शुभेन्दु अधिकारी आज अलिपुरद्वारको पवित्र भूमिमा आएर फालाकाटाको माटो अपवित्र बनेको र यस्तो अपराधीलाई अलिपुरद्वार जिल्लाबासीले कहिले स्वीकार गर्न सक्दैनन भन्दै शुभेन्दु अधिकारीलाई पुलिसले शीघ्र पक्राउ गर्नुपर्ने दाबी राख्दै थानामा लिखित अभियोग दर्ता गरेको समीर घोषले जनाएका छन्। तृणमूल छात्रा परिषदका जिल्ला सभापति समीर घोषले भाजपाले जुन ठाउँमा जनसभा गर्दैछन् त्यस ठाउँलाई गंगाजलले धोएर सफा गरिने पनि थप जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement