खोरीबारी: खोरीबारीको बतासीस्थित ऐतिहासिक थोक हाट हटाएकोमा क्षोभ प्रकट गर्दै व्यापारी तथा कृषकहरूले राष्ट्रिय राजमार्ग जाम गरेर विरोध प्रदर्शन गरे। खोरीबारी इलाकामा थोक हाटको लागि ठाउँको कमीले गर्दा उक्त समस्या देखापरेको हो। आज बतासीमा थोक हाट बजार नलगाएकोमा आक्रोशित कृषकहरूले राष्ट्रिय राजमार्ग ३२७- मा सब्जीहरू फ्याँकेर सडक जाम गरेर विरोध प्रदर्शन गरे। यसले गर्दा जामको समस्या देखापर्यो। घटनाको खबर पाएर खोरीबारी थाना पुलिस र ट्राफिक पुलिस घटनास्थलमा पुगेका थिए। लगभग दुई घण्टापछि प्रशासनको तर्फबाट आश्वासन दिएपछि मात्र कृषकहरू सडक अवरोध हटाए। कृषकहरूले बताएअनुसार थोक हाट सप्ताहमा दुई दिन लाग्ने गर्दछ। हाट बजार नलगाएको आज फसल बिक्री गर्न पाएनौँ। यस विषयमा प्रशासनिक बैठक गरे तापनि कुनै हल निस्केको छैन। कृषकहरूले प्रशासनलाई दुई दिन यहाँ थोक हाट लगाउन दिने अनुरोध गरेका छन्।









