पश्चिम बंगालमा केन्द्रीय बल तैनाथ, विपक्षले मतगणनासम्म तैनाती होस् भन्ने चाहन्छ

EVM-1-6

कोलकाता: पश्चिम बंगालमा आगामी ८ जुलाईमा हुन गइरहेको पंचायत चुनावको सुरक्षाको निम्ति राज्य सरकारले नचाहँदा पनि अन्ततः केन्द्रीय बलहरूको तैनाती शुरू भएको छ। राज्यका धेरै जिल्लाहरूमा सेन्ट्रल फोर्सका जवानहरूले रूट मार्च शुरू पनि गरेका छन्। शुरूआतमा अलीपुरद्वार, बांकुड़ा, बीरभूम, कूचबिहार, दक्षिण दिनाजपुर, दार्जीलिङ, हुगली, हावड़ा, जलपाइगढ़ी, झाड़ग्राम, कालेबुङ, मालदा, मुर्शिदाबाद, नादिया, उत्तर २४ परगना, पश्चिम बर्दवानमा केन्द्रिय बलहरूको २२ कम्पनीलाई तैनात गरिएको छ। पश्चिम मेदिनीपुर, पूर्वी बर्दवान, पूर्वी मेदिनीपुर, पुरूलिया, दक्षिण २४ परगना, उत्तरी दिनाजपुरमा पनि तैनाती भएको छ। शुक्रबार  रातिसम्मको रिपोर्टअनुसार, केन्द्रीय बलले जलपाइगढ़ी, आरामबाग, बांकुड़ामा रूट मार्च गरिरहेछ।

झाड़ग्राममा पहिलेदेखि नै केन्द्रीय बल तैनाथ थियो। उसले झाड़ग्रामको पंचायत क्षेत्रमा गश्ती शुरू गरेको छ। आज राज्यका प्रत्येक जिल्लामा केन्द्रिय बलहरूको मार्च शुरू हुनेछ। विपक्षका नेता शुभेन्दु अधिकारी शुक्रबार पाँच सदस्यको राज्य चुनाव आयोग गएका थिए। त्यहाँबाट बाहिर आएर उनले भने, ‘पछिल्लो विधानसभा चुनाव समाप्त भएपछि बंगालमा अभूतपूर्व हिंसा देखियो। त्यस घटनाबाट सिक्दै पंचायत चुनाव समाप्त भएपछि मतगणनासम्म त केन्द्रीय बलहरूको तैनाती हुनु नै पर्छ। यसका साथै राज्यमा कानून व्यवस्था सम्हाल्नका लागि चुनाव समाप्त भएको १५ दिनपछिपनि केन्द्रिय बलहरूलाई राज्यमा राख्नैपर्छl’ –हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement