जलपाईगढी आइपुग्यो एक कम्पनी केन्द्रीय वाहिनी

central-force2.jpg

राजगञ्ज: आगामी ८ जुलाईको दिन राज्यभरिमै पञ्चायत चुनाउ सम्पन्न हुने भएको छ। चुनाउ शान्तिपूर्ण ढङ्गमा सम्पन्न गराउने उद्देश्य लिएर जलपाईगढी जिल्लामा केन्द्रीय वाहिनी आइपुगेको छ। गत राति जलपाईगढीको रानीनगरमा उत्तरपूर्व भारतबाट एक कम्पनीको केन्द्रीय वाहिनी आइपुगेको छ। रानीनगरको पञ्चायत ट्रेनिङ सेन्टरमा तिनीहरूको लागि बस्ने व्यवस्था मिलाएको छ। आजदेखि केन्द्रीय वाहिनीले जिल्लाभरिमै रूटमार्च गर्ने बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement