कोलकाता: पश्चिम बंगालको पंचायत चुनावमा नामाङ्कनको समय भारी हिंसा र विपक्षलाई नामाङ्कन दर्ता गर्न नदिएको आरोपहरूबीच १२ प्रतिशत सीटहरूमा सत्तारूढ़ तृणमूल कांग्रेसले बिना प्रतिद्वन्दिता जित दर्ता गरेको छ। नामांकन लिने प्रक्रिया समाप्त भएपछि यो जानकारी अघि आएको छ। राज्यका ७३,८८७ त्रिस्तरीय पंचायत निर्वाचन क्षेत्रहरूमध्ये ९०१३ मा चुनाव हुनेछैन अर्थात् यी १२ प्रतिशत सीटहरूमा तृणमूल निर्विरोध जितिसकेको छ। राज्य चुनाव आयोगको रिपोर्ट अनुसार, अलीपुरद्वार जिल्लाका १,२५२ ग्राम पंचायत निर्वाचन क्षेत्रहरूमध्ये ८, बांकुड़ामा ३,१२९ ग्राम पंचायत सीटहरूमध्ये ६६४, पंचायत समितिका ५६१ सीटहरूमध्ये १०६ सीटहरूमा मतदान हुनेछैन।
बीरभूममा २,८५९ ग्राम पंचायत सीटहरूमध्ये ८९३, ४९० पंचायत समिति सीटहरूमध्ये १२८, ५२ जिल्ला परिषद सीटहरूमध्ये एक सीटमा तृणमूल कांग्रेस निर्विरोध जितिसकेको छ। २,५०७ ग्राम पंचायत सीटहरूमध्ये १५७, ३८३ पंचायत समिति सीटहरूमध्ये १७, कोचबिहार जिल्लाको ३४ जिल्ला परिषद सीटहरूमध्ये एकमा विपक्षले नामाङ्कान दर्ता गरेको छैन। यसैगरी दक्षिण दिनाजपुरका १३०८ ग्राम पंचायत सीटहरूमध्ये ११ र दार्जीलिङमा ५९८ ग्राम पंचायत सीटहरूमध्ये ४०, १५६ पंचायत समितिमध्ये ९ सीटहरू निर्विरोध तृणमूलको झोलामा गएको छ। हुगलीमा ३,८८० ग्राम पंचायत सीटहरूमध्ये ३९८, ६१९ पंचायत समितिहरूमध्ये ५८, हावड़ामा ३,१०२ ग्राम पंचायत सीटहरूमध्ये ७१७, ४७० पंचायत समितिहरूमध्ये ९८ र जलपाइगढ़ीमा १,७०१ ग्राम पंचायत सीटहरूमध्ये २९ सीटहरू निर्विरोध जितेको छ।
झारग्राममा १,००७ ग्राम पंचायत सीटहरूमध्ये ३०, २१० पंचायत समितिमध्ये पाँच सीटमा तृणमूल बाहेक अन्य कुनै पनि पार्टीका उम्मेदवारले नामाङ्कान दर्ता गरेको छैन। कालेबुङमा २८१ ग्राम पंचायत सीटहरूमध्ये १०, ७६ पंचायत समितिहरूमध्ये एकमा नामाङ्कान दर्ता भएको छैन। मालदामा ३,१८६ ग्राम पंचायत सीटहरूमध्ये ४८, ४३६ पंचायत समितिहरूमध्ये चार निर्विरोध जितेको छ। मुर्शिदाबादमा ५,५९३ ग्राम पंचायत सीटहरूमध्ये १६६, ७४८ पंचायत समितिहरूमध्ये १२ मा बिना प्रतिद्वन्द्विता जितेको छ। नादियामा ४,०११ ग्राम पंचायतहरूमध्ये ६३, ५४९ पंचायत समितिहरूमध्ये पाँचमा विपक्षले नामांकन दर्ता गर्न पाएन।
उत्तर २४ परगनामा ४,५३५ ग्राम पंचायत सीटहरूमध्ये ८६७, ५९३ पंचायत समितिमध्ये १०४, ६६ जिल्ला परिषदहरूमध्ये तीन सीटमा नामांकन दर्ता भएको छैन। पश्चिम बर्दवानमा १,०२० ग्राम पंचायत सीटहरूमध्ये २७२, १७२ पंचायत समितिमध्ये १८ सीट निर्विरोध जितेको छ। पश्चिम मेदिनीपुरमा ३,८८१ ग्राम पंचायत सीटहरूमध्ये ६२२, पंचायत समितिको ६३१ मध्ये ६७ सीटहरू निर्विरोध छ। यस बाहेक राज्यमा धेरै सीटहरूमा विपक्षले नामांकन फिर्ता लिएको छ। -हिस









