मैनपुरी: उत्तर प्रदेशको मैनपुरी जिल्लामा भएको सामूहिक हत्याकाण्डदेखि मानिसहरू अवाक बनेका छन्। घटना किशनी थानाको गोकुलपुर गाउँमा भएक हो। यहीँका वासिन्दा सोहवीर नामक युवकले आफ्नो परिवारका पाँच सदस्यहरूको बञ्चरोले काटेर हत्या गरेपछि आफूमाथि गोली चलाएर आत्महत्या गरे। प्रारम्भिक सूचनाअऩुसार सोहवीरले आफ्ना दुई भाइ-बुहारी, मित्र अनि भिनाज्युको हत्या गरे। त्यसपछि आफ्नी पत्नी र माइजुको पनि हत्या गर्ने प्रयास गरे। यी दुई युवकको आक्रमणमा परेर घाइते भएका छन्। अन्तमा सोहवीरले आफूमाथि गोली चलाएर आत्महत्या गरे। किशनीका थाना प्रभारी दलबलसहित घटनास्थलमा उपस्थित छन्। घटनाको जाँच भइरहेको छ। -हिस









