मध्य प्रदेशको भिण्डमा बालबालिका अपाङ्ग, अटिज्म, सेतो आँखा, मुटुमा छिद्र आदिद्वारा ग्रसित

00-1-Rashtriya-Samachar-19

सात सयभन्दा बढी शिकायत, राष्ट्रिय बाल संरक्षण आयोग गम्भीर

भोपाल: एकजनाबालिकायौन उत्पीडनको शिकार भएकी थिइन्। समय बित्दै गएपछि उसले एकजना शिशुलाई जन्म दिई। अहिले नानी तीन वर्षको भएको छ। बालिका पनि अहिले किशोरी भइसकेकी छे। तर पोक्सो कानूनअन्तर्गत जुन आर्थिक सहयोग उसले पाउनुपर्थ्यो अहिलेसम्म पाएकी छैनन्। एकजना नानीको तत्काल मुटुको शल्यक्रिया गराउनु पर्नेछ। धेरैजना नानीहरू अटिज्मको शिकार भएका छन्। मुटुमा छिद्र हुने नानीहरूको संख्या पनि कम छैन। कसैको ओंठ टाँसिएको छ भने कसैको अन्य अंग। श्रवणशक्ति नभएका नानीहरू पनि छन्।

मध्य प्रदेशको भिण्ड जिल्लामा यस प्रकारका सात सय भन्दा अधिक बालबालिकाहरूसित सम्बन्धित प्रकरण प्रकाशमा आएको छ, जसको समाधान राष्ट्रिय बाल आयोगद्वारा भिण्ड जिल्लाको गोहद खण्डमा आयोजित एक दिवसीय बेञ्चमा गरिएको छ। राष्ट्रिय बाल अधिकार संरक्षण आयोग (एनसीपीसीआर)का अध्यक्ष प्रियंक कानूनगोसहित मध्य प्रदेश राज्य बाल संरक्षण आयोग (एससीपीसीआर)का सदस्यगण डा. निवेदिता शर्मा, ओंकार सिंह गए शुक्रबार नानीहरूको एक दिवसीय बेञ्च आयोजना गर्न यहाँ आइपुगेका थिए। यस अवसरमा विभिन्न विभागीय जिल्लाधिकारी एवं खण्ड विकास गोहदका समस्त खण्डस्तरीय अधिकारीहरू उपस्थित थिए।

उल्लेखनीय छ, बालश्रम, बाल भिक्षावृति, बाल शोषण, शारीरिक दण्ड, विकलाङ्गता सम्बन्धी सहयोग, यौन शोषण, क्षतिपूर्ति, चिकित्सा एवं अन्य प्रकारका सहायता तथा सिकायतहरूलाई यस बाल आयोगको बेञ्च समक्ष निराकरणको लागि प्रस्तुत गरियो जहाँ तत्काल समाधान गर्ने प्रयास सबैद्वारा गरियो। आफ्नो समस्या लिएर यहाँ आएका मानिसहरू खुशी हुँदै घर फर्केको देखियो। वर्षौंदेखि लम्बित प्रकरणहरूलाई यस बेञ्चको माध्यमबाट केही घण्टामै समाधान गरियो। यस सम्बन्धमा राष्ट्रिय बाल संरक्षण आयोगका अध्यक्ष प्रियांक कानूनगोले शनिवार बिहान बताए, स्वतन्त्रताको अमृत महोत्सवमा प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा आकांक्षी जिल्ला/ब्लकलाई मुख्यधारामा जोड़्ने उद्देश्यले आरम्भ गरिएको महत्वाकांक्षी कार्यक्रममा आफ्नो योगदान दिनको निमित्त बाल अधिकारहरूसित सम्बन्धित समस्याहरूको समाधानको लागि बेञ्च आयोजना गरिँदैछ। सोही अनुरूप मध्य प्रदेशको भिण्ड जिल्ला अधिनस्थ गोहद खण्डमा पनि एनसीपीसीआरको उपस्थितिमा बाल अधिकारहरूको उल्लंघनसित सम्बन्धित सिकायत निवारण पीठको आयोजन गरिएको हो। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement