पश्चिमी सिंहभूम: पश्चिमी सिंहभूम जिल्लाको तुम्बाहाका र सरजोबुरुमा नक्सलीहरूले पुलिसलाई लक्ष्य गरेर बाटोमा आईईडी बम र स्पाइक होल लगाएको थियो, जसलाई सर्च अभियान अवधि सुरक्षा बलहरूले फेला पारेर जंगलमा नष्ट गरिदिएको छ। यसपछि सुरक्षा बलका जवानहरूले सरजोमबुरु गाउॅंमा एउटा क्याम्प लगाएर ग्रामीणहरूसॅंग भोजन गरे। ग्रामीणहरूले पुलिसलाई गाउॅंका केही मानिसहरू बिरामी रहेको जानकारी गराए। यसपछि सुरक्षा बलका जवानहरूले एउटा क्याम्प लगाएर बिरामीहरू जाँच अनि उनीहरूलाई औषधी उपलब्ध गराए। जाँचपछि गाउॅंमा दुईजना नानी लेरिया पीड़ित पाइएपछि उनीहरूको उपचार चलिरहेको छ। यस अभियानमा चाईबासा पुलिस, सीआरपीएफ, झारखण्ड जगुआर र कोबरा बटालियनका जवान सामेल थिए। -हिस