सिलगढी: सिलगढी पुलिस कमिश्नरेट अन्तर्गत भक्तिनगर थानाको पुलिसले सेतो वर्दीमा एक सूचनाको आधारमा सिलगढीको प्रणामी मन्दिर रोड क्षेत्रमा ठूलो परिमाणमा लागूऔषध सुईसहित दुई जनालाई पक्राउ गरेको छ। पुलिसले आरोपीको साथबाट १७५ थान लागु औषध सुई बरामद गरेको छ। पक्राउ परेकाहरुको नाम विकास मल्लिक र सौरभ दास रहेका छन्। विकास वडा नम्बर ४४ दशरथपल्लीका बासिन्दा हुन् भने सौरभ दार्जिलिङ जिल्लाको नक्सलबारीको दक्षिण स्टेशनपाडाका बासिन्दा हुन्। यस घटनामा पुलिसले स्कुटरलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेकाहरूलाई आज जलपाइगढी अदालतमा पेश गरिनेछ। घटनामा अन्य कोही संलग्न छन् वा छैनन् भनेर पुलिसले अनुसन्धान गरिरहेको छ।