गान्तोक: रम्फू अग्निशमन विभागद्वारा आज पाकयोङ जिल्ला अन्तर्गत पश्चिम पाण्डाम निर्वाचन क्षेत्रमा पर्ने माझीटार माध्यामिक पाठशालामा विध्यायर्थीहरुको निम्ति एक दिवसीय जागरूकता तथा ससचेतना कार्यक्रम आयोजित गरियो| पाठशाला प्रमुख, शिक्षक शिक्षिकाहरु र विध्यायर्थीहरुको विशेष उपस्थितिबीच विभागीय अधिकारीहरुले आगलागीको समय अप्नाउनु पर्ने सुरक्षा उपायबारे जानकारी गराए| एस्एफ़ओ लाको दोर्जी लेप्चाको नेतृत्वमा गएका टोलीले विध्यायर्थी र उपस्थित अधिकारी, शिक्षकहरुलाई अग्नि निरोधक उपकरणहरुको प्रयोगबारे जानकारी गराउँदै वास्तविक रूपमा पनि प्रयोग गरेर देखाए।

विध्यार्थीहरुलाई पनि सावधानीपूर्वक चलाउने प्रशिक्षण दिइयो। यस अवसरमा विध्यार्थी र उपस्थित अग्निसमान अधिकारीहरुबीच अन्तरक्रिया कार्यक्रम पनि आयोजित गरियो। एएसएफ़ओ लेप्चाले यस प्रकारका कार्यक्रम ग्रामीण इलाकाका पाठशालाहरुमा लगातार रूपमा आयोजित गर्दै आएको र अझ पनि गराउने पहल जारी राख्ने बताए।