कोलकता। पश्चिम बंगाल राज्य विधानसभामा पब्लिक अकाउन्ट्स कमिटी (पीएससी) को अध्यक्ष तृणमूल नेता मुकुल रोयलाई बनाउनलाई लिएर धेरै विवाद चलिरहेको थियो। यसबीच मुकुलले सोमवार अध्यक्ष पदबाट त्यागपत्र दिएका छन्। सूत्रहरूअनुसार, तिनले विधानसभा अध्यक्ष विमान ब्यानर्जीलाई आफ्नो राजीनामा पठाएका छन्, जसमा व्यक्तिगत कारणहरूको उल्लेख गरिएको छ। यद्यपि, यसको पछाड़ी के कारण छ, यसबारे अहिले स्थिति स्पष्ट भएको छैन। तिनले पनि यसबारे मीडियासित कुनै कुराकानी गरेका छैनन् न त अध्यक्षले पुष्टि गरेका छन्। यद्यपि, सूत्रहरूले जानकारी गराएको छ, मुकुल रोयले एउटा चिट्ठी पठाएका छन्, जसमा स्पष्ट गरिएको छ क उनी पीएसीको अध्यक्ष पदमा रहन चाहन्नन्। कृष्णानगर उत्तर विधानसभा सीटबाट भाजपाको टिकटमा वर्ष २०२१ को बहुचर्चित विधानसभा चुनाउमा जित दर्ता गरेपछि मुकुल रोय ममता ब्यानर्जीको उपस्थितिमा तृणमूलमा फर्केका थिए।
रिति अनुसार, विधानसभामा पीएसी अध्यक्षको पद विपक्षको नेतासित रहन्छ तरैपनि अध्यक्ष विमान ब्यानर्जीले मुकुल रोयलाई यो पद दिएका थिए, जसलाई लिएर भाजपाले अध्यक्ष कहाँ सुनवाईदेखि लिएर कोर्टसम्मको ढोका ढकढकाएको थियो। यद्यपि, अध्यक्षको यही भनाई थियो, मुकुल रोय कागजी रूपमा भाजपामा छन् यसैले उनी पीएसीको अध्यक्ष बनिरहनेछन्। अब जबकि रोयले स्वयं यो पद छोड़ेका छन् भने विधानसभा अध्यक्षले यसमा के निर्णय निर्णय लिनेछन्, यो हेर्न लायक छ।