नेपालमा प्रचण्ड सरकार ढाल्न खोजिएको खुलासा

00-Nepal-PM-Prachanda-1

काठमाडौं: नेपालमा प्रचण्ड नेतृत्वको सरकार ढाल्न खोजिएको खुलासा भएको छ। सरकारमा सहभागी नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले सरकार ढाल्ने गतिविधि भइरहेको खुलासा गरेका हुन्। काठमाडौंमा सार्वजनिक कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सरकार ढाल्न सक्रिय भएको टिप्पणी गरेका छन्। ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको प्रस्ताव गरेर सरकार ढाल्न खोजेको आरोप लगाए।

देउवा स्वास्थ्योपचारका लागि सिंगापुर छन्। उनले सरकारको विकल्प खोज्न सिंगापुरमा बसेर भेटघाटहरु गरिरहेको चर्चा नेपालमा चलिरहेको छ। संसदमा नेकपा एसका सचेतक महेश बर्तौलाले शुक्रवार नै संचारकर्मीको प्रश्नमा सरकार केही दिनमै ढल्ने दाबी गरे। उनले प्रचण्ड नेतृत्वको सरकारको विकल्प खोज्नुपर्ने बेला भइसकेको बताए। प्रचण्ड सरकार नेपाली काँग्रेसको समर्थनमा बनेको हो। नेपालको संसदमा पहिलो दल कांग्रेस र दोस्रो दल एमाले मिलेमा संसदमा स्पष्ट बहुमत हुन्छ र उनीहरुको सरकार बन्छ। माओवादीसहित समाजवादी मोर्चा संसदमा तेस्रो शक्ति हो। नेपालको संसदमा २७५ सांसदको व्यवस्था छ। कांग्रेसको ८८, नेकपा एमालेको ७८, समाजवादी मोर्चाका घटक दलहरुको ५४, रास्वपाको २०, राप्रपाको १३ र बाँकी साना दल र स्वतन्त्र सांसदहरु छन्। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement