सिलगढीमा बिजुलीको पोलमा आगलागी

Screenshot_20230623_211203_WhatsApp.jpg

सिलगढी: सिलगढीको कञ्चनजङ्घा स्टेडियमको छेउमा रहेको विधान रोडमा रहेको गोष्ट पाल मूर्तिको अगाडि रहेको बिजुलीको पोलमा शुक्रबार साँझ अचानक आगलागी भएको घटनाले क्षेत्रमा निकै सनसनी फैलाएको छ। बिजुलीको पोलबाट अचानक आगो निस्केको देखेपछि स्थानीयले दमकललाई खबर गरे। आगलागीको खबर पाएर लगत्तै दमकल घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिइएको थियो। विद्युत् विभागका कर्मचारी पनि घटनास्थल पुगेका थिए। आगलागी सर्ट सर्किटका कारण भएको प्रारम्भिक अनुमानमा दमकलले जनाएको छ। तर, दमकलले आगलागीको वास्तविक कारणबारे अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement