नगरपालिकाद्वारा माईकिङ गरी खरसाङमा प्लास्टिकमाथि प्रतिबन्द लगाइएको जानकारी

खरसाङ: आगामी १ जुलाईदेखि खरसाङमा प्लास्टिकको प्रयोगमाथि प्रतिबन्द लगाइएको छ। यस विषयमा आज खरसाङ नगरपालिकाको पक्षबाट खरसाङ बजारमा माईकिङ गरेर आगामी १ जुलाईदेखि खरसाङ बजारमा प्लास्टिक प्रयोगमाथि कड़ाईको साथमा प्रतिबन्द लगाइने भएको छ। सरकारी निर्देशअनुसार आगामी १ जुलाईदेखि खरसाड़ नगरपालिका क्षेत्रभरि पोलेथिन ब्याग प्रतिबन्द लगाईनेछ र यदि कसैले पोलेथिन ब्याग प्रयोग गरे या कुनै पनि दोकानले प्लास्टिक बिक्री गरेको भेटाईए सरकरी निर्देशअनुसार जरिमाना लगाईने भनी खरसाड नगरपालिकाको पक्षबाट बजारभरि माईकिङ गरेर जानकारी गराइएको खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement