पञ्चायत चुनावमा साधुको भेषमा राक्षस गाउँ पस्न सक्छन्: प्रणाम रसाईली
खरसाङ: खरसाङ खण्ड अन्तर्गत घैयाबारी घयबारी-३ ग्राम पञ्चायतको रोहिणी चिसोपानीमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको चुनावी सभा रोहिणी खण्ड समिति अध्यक्ष प्रदीप प्रधानको सभापतित्वमा सम्पन्न भयो।खरसाङ महुकमा समिति सदस्य मिलन रसाईलीले सञ्चालन गरेको चुनावी सभालाई मनोनित सभासद प्रणाम रसाईली, दिपेन तामाङ, महेन्द्र थापा, एनके लामा, भागोप्रमो पञ्चायत समिति उम्मेद्वार कुसुम तामाङ्ग, ग्राम पञ्चायत उम्मेद्वार उमेश थापा, सुसमा वाइबा राई आदिले सम्बोधन गरेका थिए। चुनावी सभालाई सम्बोधन गर्दै मनोनित सभासद साथै पंखाबारी लंगभ्यु अम्बटे समष्टि चुनाव संयोजक प्रणाम रसाईलीले आगामी पञ्चायत चुनावमा साधुको भेषमा राक्षसहरू पनि गाउँभित्र पस्न सक्ने बताए। आगामी पञ्चायत चुनावमा रोहिणी क्षेत्रबाट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको एकजना पञ्चायत समिति उम्मेद्वार साथै दुईजना ग्राम पञ्चायत सदस्य प्रार्थीलाई बहुमतले जिताएर पठाउने जिम्मेवारी आएको बताए। पार्टी अध्यक्ष अनित थापा रोहिणी क्षेत्रको साथमा सदैव उँभिने नेता रहेको र यसपालीको पञ्चायत चुनावमा उहाँले गरेको गुण फर्काउने समय आएको बताए। उनले पार्टी कार्यकर्ताहरूले घर घर गएर पार्टी उम्मेद्वारहरूको प्रचार गरिदिने अपील गरे। घैयाबारी ३ ग्राम पञ्चायत समितिको उम्मेद्वार कुसुम तामाङले यसपालीको पञ्चायत चुनावमा आफु बिजय भएको खण्डमा निमुखा जनताले पाउने सहुलियतहरु खोजेर ल्याउने वचन दिइन्। उनले आफनो सम्बोधनमा रोहिणी क्षेत्रको विकासको निम्ति सदैव उभिने वचन दिइन्। यसपालीको मतदान ब्यालेट पेपरमा सम्पन्न हुने भएकोले सबैले ध्यानपूर्वक मतदान गरिदिने अपील गरिन् । उनले आफु भाषण दिनभन्दा जनताका सेवामा विश्वास गर्ने व्यक्ति रहेको बताइन्।

बुथ नम्बर २४/२५६ ग्राम पञ्चायत उम्मेद्वार सुसमा वाइबा राईले आफुले चुनाव जितेको खण्डमा जनताको बुनियादी सुविधाको निम्ति कार्य वचन दिइन्। बुथ नम्बर २४/२५५ ग्राम पञ्चायत उम्मेद्वार उमेश थापाले आगामी पञ्चायत चुनावमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका उम्मेद्वारहरूलाई जोडा मोमबत्तीको चिन्हमा मतदान गरिदिने अपील गरे। आज सम्पन्न सभामा खरसाङ महुकमा समिति सदस्य मिलन रसाईली, गजेन प्रधान, समष्टि प्रचार प्रसार सचिव जिनोद परियार, समष्टि सदस्य उत्तम मुखिया,सूर्यबहादुर तामाङ, बिजय प्रधान, राजु डोकर, राजमान राई, दिपेन तामाङ, एम के लामा, रोहिणी डाठो गाउँ, गैरी गाउँ, लाप्चेटार, अप्पर लोवर र मिडल चिसो पानी क्षेत्रको पार्टी कार्यकर्ताहरू उपस्थित रहेका थिए।