राजगन्जः राज्यमा आगामी जुलाई ८ मा पञ्चायतको निर्वाचन हुँदैछ। निर्वाचनलाई शान्तिपूर्ण बनाउन पुलिसले रुट मार्च निकालेको छ। आज राजगञ्ज थानाका आईसी पंकज सरकारको नेतृत्वमा राजगञ्ज बजारदेखि कालीनगर मोडसम्म रुट मार्च निकालिएको थियो।
सो क्रममा आईसी पंकज सरकारले यात्रीसँग अन्तरक्रिया पनि गरेका थिए। यस सम्बन्धमा आईसीले राजनीतिक दलका कार्यकर्ताले धम्की दिए प्रशासनलाई जानकारी गराउने बताए। यस रुट मार्चको उद्देश्य शान्तिपूर्ण रुपमा मतदान गराउनु रहेको छ।