उत्तर सिक्किममा मिलेट रेसिपी कन्टेस्ट आयोजित

millet_778

मंगनः इन्टरनेशनल इयर अफ् मिलेट्सको भागको रूपमा कृषि विज्ञान केन्द्र, मंगनले उत्तर सिक्किमका विभिन्न ठाउॅंहरूमा मिलेट (कोदो) रेसिपी कन्टेस्ट आयोजन गऱ्यो। विषय विशेषज्ञ मीना प्रधानले इन्टरनेशनल इयर अफ् मिलेट्स पालनको उद्देश्यमाथि प्रकाश पारिन्। उनले कोदो उत्तर सिक्किमका जनजातिहरूको जीवनको अभिन्न अंग रहेको, यसको सांस्कृतिक उपयोगिता, धार्मिक अवसरहरूमा यसको महत्व विषय पनि जानकारी दिइन्।

२०२२-२३ को कृषि जनगणना अनुसार, उत्तर सिक्किममा कोदोको क्षेत्रफल ६२५ हेक्टर रहेको छ। जिल्लाको क्षेत्रफल र उत्पादनको आधारमा केवीकेले तीन खण्ड रामथाङ, सामदुङ र चुङथङलाई चयन गरेको छ। मिलेट रेसिपी कन्टेस्टको आयोजना आज रामथाङ गाउॅंमा आयोजन गरियो। ३०-३५ महिलाहरूले भाग लिएको यस प्रतियोगितामा कोदोको परम्परागत जातीय खानाका साथै मिश्र भोजन पनि तयार गरिएको थियो। प्रतियोगिताका विजेताहरूलाई उपहारहरू र प्रमाणपत्र प्रदान गरियो।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement