गान्तोकःसिक्किम सरकारले राज्यमा बक्सिङ एकाडेमी स्थापनालाई लिएर अधिसूचना जारी गरेको छ। गृह विभागले गत २० जूनका दिन जारी गरेको अधिसूचनामा एकाडेमीको नाम ‘जसलाल प्रधान राज्य बक्सिङ एकाडेमी’ रहने जनाएको छ।
अधिसूचनामा उल्लेख गरिए अनुसार, बक्सिङ सिक्किममा लोकप्रिय खेल बनेको छ। यस खेललाई अझ अगाड़ि बढ़ाउन राज्य सरकारले एक अनुभवी बक्सर एवं अर्जुन पुरस्कारले सम्मानित जसलाल प्रधानको नाममा ‘जसलाल प्रधान राज्य बक्सिड़ एकाडेमी’ स्थापना गर्ने निर्णय लिएको छ। खेल विभागलाई नोडल विभाग बनाइएको छ जसले एकाडेमी स्थापना गर्न पहल गर्नेछ।
उल्लेखनीय छ, मुख्यमन्त्री प्रेमसिंह तामाङले हालैमा राजधानीमा आयोजित राष्ट्रिय स्तरको बक्सिङ प्रतियोगितामा अर्जुन अवार्डी जसलाल प्रधानको नाममा बक्सिङ एकाडेमी स्थापना गर्ने घोषणा गरेका थिए।
-हिस